भारतले नेपाललाई स्वतन्त्र भन्दै हस्तक्षेप गरिरहेको छ : सिपी मैनाली — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२२ गते
    १६९ &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडौं, २२ पुस ।

     नेकपा (माले) का महासचिव सिपी मैनालीले भारतले नेपाललाई स्वतन्त्र भन्दै हस्तक्षेप गरिरहेको आरोप लगाएका छन्।

    सरकारले ल्याएको संविधान संशोधन विद्येयकको विरुद्धमा एमाले सहितका विपक्षी ९ दलले शुक्रबार आयोजना गरेको बृहत्त शक्ति प्रर्दशन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मैनालीले यस्तो आरोप लगाएका हुन्।

    उनले भने,‘संविधान रोक्नका लागि छिमेकी दुतहरु आएका थिए तर संविधान जारी भएरै छाड्यो, अब संविधान कार्यान्वयन हुनेछ भनेर सोचेका थियौँ तर भारतले फेरि खेल्न थाल्यो, भारतले नेपाल सार्वभौममुलक देश हो भन्ने तर नेपालको संविधानलाई विरोध गर्यो, नेपाललाई बाध्य पार्नका लागि भारतले नाकाबन्दी गर्यो।’

    उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देश विदेशमा गएर नेपालको संविधान बारेमा गलत सूचना दिएको समेत आरोप लगाए । महासचिव मैनालीले भने,‘नाकाबन्दी फिर्ता भएपनि भारतले संशोधनका लागि दिएका सातवटा बुँदा फिर्ता भएन, भारतले नेपाललाई स्वतन्त्र भन्दै हस्तक्षेप गरिरहेको छ।’

    उनले सरकारले अघि सारेको संविधान संशोधन प्रस्ताव गैरसवैधानिक रहेको बताउँदै भने,‘सर्वोच्चले १८ गते जुन आदेश दिएको छ, शक्तिपृथकीकरणका कारण संसदमा बहस नगर्न भन्न सक्दैन, प्रदेशसभाको अधिकार मिचेर संविधान संशोधनको प्रस्ताव आइरहेको छ, त्यसलाई हामी स्वीकार गर्दैनौँ’

    प्रतिकृया दिनुहोस्
    Loading...