Media Dabali

संसोधन प्रस्ताव जुवा, सरकार जुवाडे ! : ओली

हिजो संविधान जलाएकाले संशोधन नभई चुनाव हुन नदिने

मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२२ गते
४७३२ पटक
maxresdefaultकाठमाडौँ ,२२ पुस ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन कुनै हालतमा पास हुन नदिने बताएका छन् ।
राजधानीमा आयोजित विपक्षी दलको सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन पास गर्दा मुलुकको नोक्सानी हुने बताए ।

उनले भने, ‘ कौडा खेल्दा कौडाको हैन सम्पत्तिको नोक्सन हुन्छ, तास खेल्दा जित्नेले तासको पत्ता हैन सम्पत्ति, पैसा नै लान्छ । ’ ओलीले संविधान स्विकार नर्गेहरुले चुनाव हुन दिन्नौै भनेको भन्दै व्यंग गरे ।

तराइको नाममा राजनीति गरेर आफ्नो दुनो सोझ्याउन तम्सेकाहरूले यो देशभक्ति सभामा तराइको उपस्थिति हेरून्। त्यस्तै उनले तराइको नाममा राजनीति गरेर आफ्नो दुनो सोझ्याउन तम्सेकाहरूले यो देशभक्ति सभामा तराइको उपस्थिति हेरून्।

ओलीले थपे, ‘एमालेका सभा ड्रोन क्यामेराले मात्रै हैन, स्याटलाइटले खिच्नु पर्ने छ। अब तराइमा एमालेका सभा ठूला हुनेछन्। ‘

अध्यक्ष ओलीले सरकार आयु लम्ब्याउन लागेको आरोप समेत लगाएका छन् ।

ओलीले सरकार संविधान कार्यान्वयन, निर्वाचन गर्नतिर भन्दा आयु लम्ब्याउन लागिपरहेको आरोप लगाएका हुन् । उनले विभिन्न तहको निर्वाचन गर्नका लागि ११ महिनाभन्दा बढी समय नभएको भन्दै त्यसभित्र निर्वाचन गर्न नसकेमा संवैधानिक संकट निम्तिने बताए ।

ओलीले संविधान संशोधनमा गम्भीर षडयन्त्र रहेको पनि  बताएका छन्।

ताजा समाचार, बिजनेस तथा मनोरन्जनसँग सम्बन्धित पछिल्ला भिडियो अपडेटका लागि subscribe गर्नुहोस् ।

प्रतिकृया दिनुहोस्
Loading...