गैरकानुनी रुपमा कोरियामा बसेका एक नेपालीको मृत्यु — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२२ गते
    १८० &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौँ ,२२ पुस ।

    गैरकानुनी रुपमा दक्षिण कोरिया रहेका एक नेपालीको उपचारको क्रममा मृत्यु भएको छ । घोराही नगरपालिका १० पुरानो बसपार्क दाङका ५२ वर्षका दिलबहादुर घर्तिमगरको बिहिबार अपरान्ह मृत्यु भएको हो ।

    २४ वर्ष देखि कोरियामा रहेका घर्तिमगर बिना भिषा कोरियामा कार्यरत थिए । गत महिना नेपाल फर्कन लागेका घर्तिमगरलाई कागजात नपुगेको जनाउदै अध्यगमनले फिर्ता गरेको थियो ।

    त्यस लगत्तै बिरामी परेका उनको सोल नेशनल अस्पतालमा उपचार भइरहेको थियो । चिकित्सकहरुले उपचारको क्रममा हेपाटाइटिस बि को लक्षण रहेको जानकारी गराएका थिए । दुइ सातादेखि उपचाररत घर्तिमगरलाई मृत्यु पुर्व निमोनिया पनि देखिएको चिकित्सकहरु बताएका थिए ।

    घर्तिमगरको उपचार खर्चमा लागेको दुइ करोड २० लाख वन अस्पताललाई तिर्न बाकी छ । अवैधानिक रुपमा रहेकाहरुको स्वास्थ्य बिमा नहुने कारणले उपचार खर्च बढेको हो ।

    अवैधानिक रुपमा कार्यरत नागरिकको शवलाई नेपाल पठाउन लाग्ने खर्च सरकारले उपलब्ध गराउने प्रावधान छैन । बिना भिषा कार्यरतको मृत्यु भएमा आफन्तको साथै बिभिन्न संघसस्थाको सहयोगमा रकम संकलन गरी शव नेपाल पठाउने प्रचलन छ । शव नेपाल पठाउदा ४ लाख रुपयाँ भन्दा बढी रकम खर्च हुन्छ ।

    प्रतिकृया दिनुहोस्