Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२० गते
    ११३ पटक
    usa-e1483084228449काठमाडौँ ,२० पुस ।

    २०६१ भदौ १६ गते रोजगारीका लागि युद्धग्रस्त मुलुक इराकमा रहेका अमेरिकी सैन्य क्याम्पमा काम गर्न पुगेका १२ नेपालीको हत्यापछि उनीहरुलाई इराक पुर्याउने अमेरिकी कम्पनीविरुद्ध हालेको मुद्दा हारेका छन् ।

    इराकको सुन्नी अतिवादी संगठनले झापा तोपगाछिका प्रकाश अधिकारी, धनकुटा हात्तिखर्कका मंगलबहादुर लिम्बू, खोटाङ काहुलेका ज्ञानेन्द्र श्रेष्ठ, खोटाङ चिसापानीका राजेन्द्र श्रेष्ठ, धनुषा मानसिंहपट्टीका संञ्जय ठाकुर, धनुषा हरिहरपुरका लालनसिंह कोहीरी, धनुषा महेन्द नगरका मनोज कुमार ठाकुरको हत्या गरेको थियो ।

    यसैगरी, धनुषा महेन्द्रनगरकै बुधनकुमार साह, ललितपुर लेलेका रमेश खड्का, गोरखा बत्राङका जीतबहादुर थापा, लमजुङ भोटेओडारका विष्णुहरि थापा र रोल्पा कुरेलीका भेकबहादुर थापाको समेत सोही दिन विभत्स तवरले हत्या भएको थियो ।

    तीमध्ये एकजनाको घाँटी रेटेर र अरुको गोली हानेर हत्या गरिएको थियो । इराकमा भएको हत्याकाण्डपछि नेपाली र मृतकका आफन्तले राजधानीमा रहेका मेनपावरमा आक्रमण गरेका थिए ।

    १२ नेपालीका आफन्तले अमेरिकी कम्पनी केलोग ब्राउन एण्ड रुट (केबीआर) बिरुद्ध हालेको मुद्दामा अमेरिकाको पुनरावेदन अदालतले मंगलबार सो कम्पनीको पक्षमा फैसला सुनाएको हो ।

    इराकस्थित अमेरिकी सैन्य अड्डामा काम गर्ने १२ नेपालीको अपहरणपछि हत्या भएको थियो । उनीहरुलाई केबीआर अन्तरगतको दाउद एण्ड पार्टनर्सले अम्मानस्थित एक लग्जरी होटलमा काम गर्न लैजाने भनेर इराक पुर्‍याएको दाबीसहित मृतकका आफन्त र अपहरणमा नपरेका नेपालीहरुले अमेरिकी कम्पनी केबीआरविरुद्ध अमेरिकी अदालतमा मुद्दा हालेका थिए ।

    सो मुद्दामा २०१३ मा अमेरिकी तल्लो अदालतले नेपालीहरुको विपक्षमा फैसला सुनायो । त्यसविरुद्ध परेको अपिलमा न्यू ओलियन्सको पुनरावेदन अदालतले पनि अमेरिकी कम्पनीकै पक्षमा फैसला सुनाएको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page