Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२० गते
    १४९ पटक
    mahango-jibroएजेन्सी

    क्याडबरी कम्पनीले ती युवतीको जिब्रोका लागि यति महंगो मूल्य चुकाएको हो । आखिर ती युवतीको जिब्रोमा के छ ?

    जिब्रोका लागि झण्डै साढे १३ करोड तिर्‍यो ?

    चकलेट बनाउने चर्चित बेलायती कम्पनी क्याडबरीले ती युवतीको जिब्रोको लागि दश लाख पाउण्ड अर्थात् १३ करोड ३४ लाख रुपैयाँ बराबरको बिमा गराइदिएको हो ।लण्डनस्थित क्याडबरी कम्पनीले उत्पादन गरेका चकलेटको स्वाद चाख्ने काम ती युवतीको हो । ती युवतीजस्ता अन्य ३ सय जना चाख्ने कर्मचारी क्याडबरीले आफ्नो बर्नभिलेस्थित मूख्यालयमा भर्ति गरेको छ ।

    नियमित रुपमा चकलेट चाख्नुपर्ने भएको हुँदा त्यसले जिब्रोमा पार्नसक्ने सम्भावित असरलाई ध्यानमा राख्दै झण्डै साढे १३ करोड रुपैयाँको बिमा कम्पनीले गरिदिएको हो । कर्टिस चकलेट विज्ञ हुन् । नयाँ चकलेटी स्वादको सिर्जना गर्ने कर्टिसले आफ्नो जिब्रोको बहुमुल्य विमा भएकोमा निकै खुसी लागेको बताएकी छिन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...