हिमालयन बैंकले गर्यो सिद्धि स्मृतिलाई सहयोग — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/१९ गते
    २८५ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    काठमाडौँ

    हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुरको सिद्धि स्मृति महिला तथा बाल अस्पताल एवं वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ ।

    बैंकले सहयोगस्वरुप अस्पताल तथा वृद्धाश्रमलाई १० हजार थान ओपीडी टिकट बुक, दुई थान ३२ इन्चको टेलिभिजन र दुई थान कम्प्युटर सेट प्रदान गरेको हो ।

    बैंकका महाप्रबन्धक सुशील जोशीले सिद्धि प्रतिष्ठानका संस्थापक अध्यक्ष श्यामसुन्दर धौभडेललाई सहयोग सामाग्री हस्तान्तरण गरे । अस्पतालले बाल स्वास्थ्य, प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्