Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/१९ गते
    १६१ पटक
    samata-maikro-financeकाठमाडौँ

    समता माइक्रोफाइनान्स वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको छ । एक सय रुपैयाँ अंकित मूल्यको ९४ हजार आठ सय कित्ता आईपीओको बिक्री खुला भएको हो ।

    यसमा न्यूनतम ५० कित्ता र अधिकतम पाँच सय कित्तासम्म आवेदन दिन सकिने छ । एक हजार आठ सय ९६ कित्ता सेयर कर्मचारीलाई र चार हजार सात सय ४० कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याइएको छ ।

    आईपीओका लागि एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड, लाजिम्पाट काठमाडौंमा आवेदन दिन सकिनेछ । साथै नेपाल इन्भेष्टमेन्ट बैंकको उपत्यका र बाहिरका सबै शाखा कार्यलयबाट आवेदन फारम  बुझाउन सकिने छ ।

    इन्भेस्टमेन्ट बैंङकको ठमेल, पुतलीसडक, लाजिम्पाट, कालीमाटी, बौद्ध, बत्तीसपुतली, पुल्चोक, लगनखेल, सिपाडोल शाखामा आवेदन दिन पाइने बिक्री प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्सले जनाएको छ ।

    माइक्रोफाइनान्स वित्तीय संस्थाको शाखा कार्यलयहरू, सिबिआइएल क्यापिटल लिमिटेड डिल्लीबजार काठमाडौं, भिबोर क्यापिटल लिमिटेड, कृष्णगल्ली, ललितपुर, गोर्खाज फाइनान्स लिमिटेड, डिल्लीबजार तथा शाखा कार्यालय, गुहेश्वरी मर्चेन्ट बैंकका शाखा कार्यालयमा आवेदन दिन सकिनेछ ।

    त्यसैगरि, आइसीएफसी फाइनान्सका शाखा कार्यालय, हाम्रो बिकास बैंक बिदुर बट्टार, सिनर्जी फाइनान्सको शाखा कार्यालय, साझा विकास बैंकका शाखा कार्यलयहरूबाट सेयर भर्न सकिने छ । आइपीओ बिक्री बन्द छिटोमा पुस २२ गते हुनेछ । माइक्रोफाइनान्सको बिक्री प्रबन्धकको एनआइबिएल क्यापिटल मार्केट्स रहेको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page