Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/१९ गते
    १७४ पटक
    uaeकाठमाडौँ ,१९ पुस ।

    रोजगारीको लागि युएई  आएका जीवन राना सडक दुर्घटनामा परी घाइते छन्। उनी घाइते भएर थलिएको ९ दिन बितिसक्यो। उनको उपचार हुन सकेको छैन। गत डिसेम्बर २५ गते यूएईको शारजाहमा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा उनी घाइते भएका थिए।

     वर्षदेखि युएईमा कार्यरत उनी झापाको सुरुङ्गाका हुन्। दुर्घटनामा हातखुट्टा र ढाड भाँचिएका उनको उपचारका लागि आर्थिक अभाव छ। युएईको रोटना सेक्युरिटी कम्पनीमा काम गर्दै आएका उनलाई दुर्घटना पछि शारजहा स्थित कुवेत अस्पतालमा उपचारको लागि राखिएको छ।

    उपचारको लागि अस्पतालले अप्रेसन खर्च २० हजार यूएई दिराम झन्डै नेपाली छ लाख रुपैयाँ लाग्ने बताएको छ। सो रकम जुटाउन नसक्दा उनी निकै खिन्न छन्। रानाको उपचारको लागि एनआएनए युएई लगायतका संघसंस्थाले सहयोग जुटाइरहेका छन्।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page