Media Dabali

मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/१९ गते
२१२७६ पटक
khokiकाठमाडौँ ,१९ पुस ।

चिसोमा मौसममा रुघाखोकीको समस्याले धेरैलाई सताँउछ । चिसो मौसममा खोकीले सताएपछि उपचारको लागि हामी डाक्टरकोमा जान्छौं र उनीहरुले लेखिदिएको औषधि खाने गर्छौ तै पनि ठिक हुन केहि दिन लाग्छ ।

तर घरेलु तरिकाले नै खोकीको उपचार गर्न सकिन्छ र यो उपायले केही घन्टामै हामीले खोकीको समस्याबाट छुटकारा पाउन सक्छौं । खोकीको समस्या हटाउने सजिला १० घरेलु तरिका यस्ता छन्
१. मह अदुवा र कागती पानी
एक चम्चा मह आधा चम्चा अदुवाको पाउडर र एक कप मनतातो कागती पानी मिसाएर पिउनुहोस । यसले खोकी ठिक गर्छ ।
२. किसमिस र अदुवा
आधा मुठ्ठी किसमिसलाई एक चम्चा अदुवाको पाउडरसँग उमालेर पिउनुहोस । यसले आराम मिल्छ ।
३. कागती पानी र किसमिस
एक मुठ्ठी किसमिस पानीमा उमाल्नुहोस यसमा आधा चम्चा कागती पानी मिसाएर दिनमा २ पटक पिउनुहोस ।
४. खुदो
एक एक चम्चा खुदो र अदुवा पिस्नुहोस । यसमा एक चम्चा तुलसीको रस मिसाउनुहोस र सेवन गर्नुहोस । यसलाई दिनमा २ वा ३ चोटी खानुहोस राहत मिल्छ ।
५. मेथी
मेथीको दानालाई पानीमा उमालेर पिउनुहोस खोकी को समस्या हट्छ ।
६. मरिच
एक चम्चा महमा थोरै मरिचको पाउडर मिसाएर खानुहोस । दिनमा २ चोटी यसो गर्नालो सर्दी खोकी दूर हुन्छ ।
७. अदुवा
एक चम्चा अदुवाको पाउडर सँग एक गिलास पानी उमालेर पिउनुहोस । यसले इन्फेक्सन र भाइरससँग बचाँउछ ।
८. बेसार
बिहान बेलुका दुधमा बेसार मिसाएर पिउनुहोस । यसले ब्याक्टेरिया र भाइरसबाट राहत मिल्छ ।
९. अँगुर
आधा कप अँगुरको जुसमा आधा चम्चा पानी मिसाएर बिहानबेलुका पिउनुहोस । यसले खोकीबाट राहत मिल्छ ।
१०. तुलसी

एक कप तातोपानीमा ५–६ तुलसीको पत्ति उमाल्नुहोस । यसलाई ठन्डा गरेर दिनमा २–३ चोटी पिउनुहोस ।

प्रतिकृया दिनुहोस्
Loading...