Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/१९ गते
    १८६ पटक
    oldएजेन्सी

    इन्डोनेसियाका बयोवृद्ध सपरमान सोदीमेजोले शनिबार आफ्नो १४६ औं जन्मदिन मनाए । उनलाई इतिहासकै सबैभन्दा वृद्ध मानिस दावी गरिएको छ ।

    सोदीमेजोसँग इन्डोनेसियन परिचयपत्र छ जसमा उनको जन्ममिति उल्लेख गरिएको छ, ३१ डिसेम्बर १८७० । उनले आफ्ना जिवित आफन्तहरुका माझ इन्डोनेसियाको सेन्ट्रल जाभास्थित सेरागयन डिस्ट्रीक्टमा जन्मदिन मनाएका हुन् । जन्मदिनको पार्टीमा सोदीमेजोका नाति सुयोन्तो र उनकी पत्नी सुवर्नी तथा उनीहरुका सन्तान एरिका कुर्नियावती र एनिसा कुर्नियावती लगायत आफन्तहरु उपस्थित थिए ।

    उनका १० जना दाजुभाई दिदीबहिनीहरु सबैको मृत्यू भइसकेको छ भने चार जना श्रीमतीहरुले पनि संसार छोडिसकेका छन् । उनका छोराछोरीहरु कोही पनि ज्यूँदा छैनन् । अहिले उनलाई नाति तथा पनातिका परिवारले पालिरहेका छन् ।

    अपत्यारिलो उमेरका बाबजुद यी वृद्ध व्यक्ति अझै पनि आफैं हिँडडुल गर्न सक्छन् । ‘उहाँ जे पनि खानुहुन्छ र अहिलेसम्म बिरामी भएर सुत्नुभएको पनि छैन,’ परिवारका एक सदस्य भन्छन् ।

    प्रतिकृया दिनुहोस्
    Loading...