Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/१९ गते
    ८८ पटक
    kors-mmap-mdकाठमाडौँ ,१९ पुस ।

    दक्षिण कोरियामा कामदारहरुको तलब वृृद्धि भएको छ। कोरियाली श्रम मन्त्रालयले आइबारदेखि लागु हुने गरी कामदारहरुको तलब ७.३ प्रतिशतले वृद्धि गरेको हो। निर्धारित ज्याला अनुसार अब कामदारले प्रतिघण्टा ६ हजार चार सय ७० वन प्राप्त गर्नेछन्।

    कामदारहरुको दैनिक ज्याला अब ५१ हजार ७ सय ६० वन हुनेछ। यस वर्ष न्यूनतम पारिश्रमिक प्रतिमहिना १३ लाख ५२ हजार दुई सय ३० वन हुनेछ। हालको विनिमय दर अनुसार प्रतिमहिना नेपाली कामदारहरुले ११ सय २० डलर प्राप्त गर्नेछन्। तलब वृद्धिसँगै नेपाली कामदारले अब प्रतिमहिना बेसिक एक लाख २२ हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्नेछन्।

    सन् २०१७ मा कामदारले प्रतिघण्टा चार सय वन थप रकम प्राप्त गर्नेछन्। अतिरिक्त समय काम भएको अवस्थामा प्रतिघण्टा ९ हजार सात सय पाँच वन प्राप्त गर्नेछन्। अधिकांश उत्पादन क्षेत्रमा कम्पनीहरुमा अतिरित्त समय पनि कार्य गर्नुपर्ने भएकोले मासिक एक लाख ५० हजार रुपैयाँभन्दा बढी कमाउनेहरुको संख्या अधिक रहेको छ।

    कृषि क्षेत्रमा कार्यरत कतिपय कामदारहरुले भने तोकिएको ज्याला प्राप्त गर्न सकेका छैनन्। गत सेप्टेम्बरमा बैदेशिक रोजगार बिभागका तत्कालीन महानिर्देशकका शत्रुघ्नप्रसाद पुडासैनी र इपिएस कार्यालयका तत्कालीन प्रमुख डिल्लीराम बास्तोलाले कृषिमा तलबको असमानताबारे एचआरडी कोरियाका वैैदेशिक कामदार ब्युरो प्रमुख यु बोम युलाई जानकारी गराएका थिए।

    कृषि क्षेत्रमा कार्यअवधि अनुसार तलब नपाएको, बासस्थानमा असुविधा रहेको तथा विदाको व्यवस्था नभएको विषय उठाएका थिए। कोरियाली पक्षले कृषि क्षेत्रमा कामदारहरुका समस्याका विषयमा जानकार रहेको बताएको थियो। साथै कृषि क्षेत्रलाई छुट्टै टोली बनाएर समस्या निराकरण गरिने विश्वास दिलाएको थियो।

    दक्षिण कोरियामा रहेका कुल कामदार मध्ये १३.७ प्रतिशत कामदारहरुले न्यूनतम ज्यालाभन्दा पनि कम रकममा श्रम गरिरहेका छन्।
    ज्याला निर्धारण समितिको सिफारिसलाई अगष्ट ५ मा श्रम मन्त्रालयले अनुमोदन गरेपछि सन् २०१७ जनवरी १ देखि नयाँ तलबमान लागु भएको हो।

    अन्नपुर्ण पोस्टमा खबर छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...