Media Dabali

यमुना थापा प्रकाशित : २०७३/९/१८ गते
१०१६२ पटक
15326469_661242984054450_7026305811278143744_nकाठमाडौँ

मागको महिना बेलुकाको पाच बजेको छ।अफिसको काम आजलाइ सकिएको छ। उ एउटा प्राइभेट अफिसमा काम गर्छे। प्राइभेट अफिसको नोकरी न पर्यो,पाच नबजे सम्म निस्कन नमिल्ने।

बिस्तारै साझ पर्दैछ। घरबेटी आमालाइ छोरालाइ स्कुलबाट ल्याएर आफुसंगै राख्दिन भनेकि छ। जब उ बस मार्फत कोठातिर फर्कदै थिइ,अनायासै उसको नजर सप्तरंगी क्याफे लेखिएको बोर्डमा पर्यो ।उसको नजर त्यो बोर्डमा अडियो अनि उ नचाहेर पनि आफ्नो बर्तमान बाट बिगततर्फ हराइ ।

कुरा करिब छ बर्ष अगाडिको हो जतिबेला उ कलेजमा पढ्थी रआकाससंग प्रेमिल दुनियामासस्त रमेकी थिइ। आकास उसको प्रेमी थियो र कलासमेट पनि। उसको प्रेममा उसले आफुलाइ भुलाएकी थिइ । उ आकासलाइ यति माया गर्थिकी जसको कुनै सिमा थिएन।उसको लागि उ आफुलाइ सम्पुर्ण रुपमा समर्पित गर्न पनि सक्थी र गरेकी पनि थिइ।

यहि क्याफे हो जसले उनिहरुलाइ एकाअर्काको नजिक बनाएको थियो।कलासमा त उ खासै कोहिसंग बोल्दैन थिइ र उनीहरुको सेक्सन पनि फरक थियो तर क्याफेमा गरिने हासो मजाक र ठट्टाले उनिहरुको जानपहिचान भएको थियो । र अहिलेको भर्चुएल दुनियाँमा नजिक बनाउने अर्को चर्चित माध्यम अनुहार पुस्तिका पनि छदै थियो जसले उनिहरुलाई अझ नजिक बनाएको थियो।

 आकाश उसलाई यति प्रेम गर्थो की उ यहाँ एक्लै बस्छे भन्ने कुरा पनि उसलाई महसुस हुदैन थियो । उनिहरु संसगै सुन्दर भबिस्यको सपना देख्थे एकाअर्काको हात जिन्दगीभर नछाड्ने कसम खान्थे, तर खै आज ती कसम,उ त एक्लै छे नितान्त त एक्लै !

आकास सहरको हुनेखाने बाउको एक्लो छोरा थियो। आकासको अगाडि उसको कुनै मेल थिएन तर पनि उसलाई आफ्नो प्रेम माथी पूरा बिश्वास थियो । र आकास पनि कहिल्यै टाढा नहुने बाचा गर्थ्यो तर आज उसले बुझिसकेकी छ बाचा त गर्नलाई मात्र हुदा रहेछन् ।

एकातिर कलेजका दिन सकिदै थिए,अर्कोतिर उनीहरुको प्रेमले शिखर चढ्दै थियो । एकदिन अचान उ बाटोमा बेहोस भएर लडि, जब उसको होस आयो उ नजिकको हस्पिटलको बेडमा थिइ खै कुन दयालु मान्छेले उसलाई हस्पिटल पुर्याइदिएछ मनमनै धन्यवाद दिइ।

 अनि नर्सले भन्निन ”बधाई छ हजुरलाइ हजुर आमा बन्दै हुनुहुन्छ”! नर्सको कुराले उ एकाएक छागाबाट खसे जस्ती भइ रिपोर्ट फेरि हेर्न भनी तर सत्य त्यहि थियो । उसलाई के गर्नु कसो गर्नु भयो उसले नर्सको सल्लाह अनुसार आकाससंग कुरा गर्ने सोची।हुनपनी हो आकास यो बच्चाको हुनेवाला बाउ थियो।

 उसको जति हक यो बच्चामाथि थियो,त्यति नै हक आकाशको पनि थियो। तर उ आकाससंग कुरा गर्न उपयुक्त समयको खोजिमा थिइ।आकाशको जन्मदिन नजिकिदै थियो उसले आकाशको जन्मदिनमा यो सब कुरा भन्ने र बिबाहको कुरा अगाडि बढाउने सोची ।

हेर्दाहेर्दै आकासको जन्मदिन पनि आयो र जन्मदिन त्यही सप्तरंगी क्याफेमा मनाउने कुरा भयो,उनिहरु दुइजना मात्र भएर केक काटे जब उपहार कुरा आयो उसले भनी “तिमी बाउ बन्दै छौ आकास हाम्रो प्रेमको फुल म मा फुल्दैछ अब हामिले छिट्टै नै बिबाह गर्नु पर्छ”

उसको कुरा सकिन नपाउदै आकासले भन्यो “तिमी पागल त हुँदै छैनौ यो मेरो करियर बनाउने समय हो,घरजम गर्दै बस्ने हैन त्यसैले जति पैसा चाहिन्छ लेउ र भोलि नै गएर अबोसन गर

 आकासको कुरा सुनेर उ केही बोल्नै नसक्ने भइ उसले सोचेकी पनि थिन।आकासले यस्तो सम्म भन्छ होला भनेर।एकछिन अघिसम्म हजारौं प्रहार सहेर सम्मालिएकी उ अहिले त सिसा झै टुक्रीएर टुक्राटुक्रा भएकी थिइ! जुन प्रेममा माथी उसलाइ आफुभन्दा पनि धेरै बिश्वास र भरोसा थियो त्यसको परिणाम यस्तो हुन्छ भनेर।

उसले आकासलाइ सम्झाउने धेरै प्रयास गरि तर सब खेर गयो बरु बिस्तारै आकास उसको सम्पर्कमा आउन छोड्यो, एकदिन आकासको मिल्ने साथी मार्फत उसले थाहा पाई आकास बिदेश गइ सकेको कुरा!! उ त केटा मान्छे थियो न उसले समाजको गाली सुन्नुपर्यो न अपमान।

बिस्तारै बिस्तारै कोठा वरिपरिका मान्छेलाइ थाहा पाउदै गए उसको प्रेगेन्सिको कुरा ।अनि घरबेटीले पनि घरबाट निस्केर जान भने । गाउँ फर्केर जानू कुन मुखले जानू,अन्त जाने ठाउँ थिएन।

 कतिको गाली सुनी,समाजको अपमान अनि आफ्नैको तिर्स्कार । यो सब सहन नसकेर उसले कति पटक आत्महत्या गर्ने कोसिस पनि नगरेकी कहाँ हो र? तर उसको पेटमा पलिरहेको बच्चाले उसलाई भनिरहेको जस्तो लाग्थ्यो ”आमा म बाच्न चाहान्छु,यो सुन्दर दुनियाँ हेर्न चाहान्छु,आमा मलाई नमार मेरो के गल्ती छ र” ! हुनपनी हो त्यो मासुम बच्चाको के गल्ती छ र यो सबमा उसले सजाय पाओस अनि आत्महत्याका लागि उठेका उसका कदमहरु अनायासै रोकिन्थे ।

उसले कहाँ सोचेकी थिए र साचो प्रेमको प्रतिफल यस्तो हुन्छ भनेर,अब त उसले सब थोक सहि सकेकी थिइ त्यसैले पनि उसले निर्णय गरि अब उ कसैकी श्रीमती हैन,बुहारी हैन मात्र आमा बन्नेछे र आफ्नो सन्तानलाई यो संसारमा ल्याउने छे चाहे यो दुनिया नै उसको विरुद्धमा किन नहोस।

हजार दुख सहेर समाजको तिरस्कार र आफन्तको घृणा सहेर उसले उसको सानो छोरालाइ जन्म दिएकी थिइ जो समाजकोलागी नाजायज होला तर उसकोलागी उसको सबथोक थियो। एकातिर कुमारी आमाको पिडा अर्कोतिर प्रसब पिडा सहेर आमा बन्नुको खुशी !

उफ!यो सब सोच्दा सोच्दै उ झसङ्ग भइ,उसले त आफू झर्ने ठाउँ आएको सम्म थाहा पाइन छ । गन्तव्य भन्दा अलि तर झरेर उ कोठामा गइ उसको सानो छोरा घरबेटी कहाँ खेल्दै थियो ।

खाना बनाइ छोरालाई कोठामा ल्याएर खाना खुवाइ उसलाई खै किन हो खान मन लागेन अनि छोरा सुताउन बेडमा गइ । लोरि गाउदै छोरालाई सुताइ अनि सोची उ छोरालाइ एउटा असल छोरा बनाउने छे जसले नारीको सम्मान र आदर गर्न सिकोस नारिको इज्जत गर्न जानोस !!

प्रतिकृया दिनुहोस्
Loading...