Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/१८ गते
    २२६ पटक
    bichitra-biheएजेन्सी

    बिहेअघि प्रेममा प्रायः प्रेमीहरुले चन्द्रमा तथा तारा झारिदिने कुरा गर्दछन् । तर दुनियाँमा एउटा यस्तो ठाउँ छ, जहाँ बिहेका लागि केटाहरुले केटीका अगाडि जुनतारा होइन माछाको दाँत झार्नुपर्छ । माछाका दाँत झार्न नसकेमा केटाले चाहेकी बधु पाउँदैन ।

    फिजीमा चल्दै आएको तबुआ नामको उक्त परम्पराअनुसार आफूले बिहे गर्न चाहेको केटीको बुवालाई व्हेलमाछाको दाँत दिएमात्र केटाले उक्त केटीसँग बिहे गर्न पाउँछ । ‘एउटी केटीसँग बिहे गर्नका लागि समुद्रमा पाइने दुनियाको सबैभन्दा ठूलो जिव व्हेलको मुखमा गएका उसका दाँत फुकालेर ल्याउने प्राण्घाती जोखिम कसले मोल्ला र ?’ भन्ने सोँच्नुहोला । तर प्रेममा परेका साहसी युवाहरु यसो गर्न पछि पर्दैनन् ।

    यो परम्परालाई आज पनि मानिसहरुले निभाइरहेका छन् । कुनै पनि पुरुषले आफू सम्पन्नशाली घरको हुँ भन्ने कुरा देखाउन यो परम्परलाई प्रतिकको रुपमा लिन्छ । तबुआका अनुसार प्रेमको अभिव्यक्ति तबमात्र हुन्छ, जब युवकले समुद्रमा सयौँ फिट गहिराइमा गएर दुनियाँको सबैभन्दा ठूलो माछाको दाँत तोडेर ल्याउँछ ।

    प्रतिकृया दिनुहोस्
    Loading...