बजारमा सुष्माको ‘सिमल’ — www.mediadabali.com
आज : २०७४ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/१७ गते
    २८८ &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडौँ ,१७ पुस ।

    सुष्मा खड्काद्वारा लिखित उपन्यास ‘सिमल’को लोकार्पण भएको छ । शनिबार काठमाण्डौंकोे सर्वनाम थिएटरमा हास्यकलाकार हरिवंश आचार्यले पुस्तकको लोकार्पण गरेका हुन् ।

    पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले सानै उमेरमा उपन्यास सिर्जना गर्नु निकै चुनौतीपूर्ण भएको बताए । २१ वर्षकै उमेरमा उपन्यास बजारमा ल्याउनु गहकीलो कार्य भएको उनले बताए ।

    प्रेम नपाउँदा धेरै महत्व हुने तर पाएपछि महत्व घट्ने र गुमेपछि अझै महत्व बढ्ने उनको भनाई थियो ।

    प्रेमका विषयमा आख्यान लेखिसकेका लेखक तथा पत्रकार अश्विनी कोइलाराले उपन्यास सिमलको भुवाजस्तै जीवनमा भौँतारिँदाको कथा भएको बताए ।

    अर्का वक्ता हरिमाया भेटवालले प्रेमले मान्छेलाई बाँच्न सिकाउने बताउँदै प्रेमले सकारात्मक दिशानिर्देश गर्नुपर्ने बताइन ।

    त्यस्तै युवा कलाकार राजा राजेन्द्रले कथाको द्वन्द्व विधान अतुलनीय रहेको बताए । “मुख्य कथा सकारात्मक हुँदा उपकथाहरु तनावग्रस्त हुन्छन् । जसले गर्दा पाठक निरन्तर उपन्यासमा तानिइरहन्छ । कलात्मक शैली र मिठो भाषामा प्रेमको आडमा समाजमा छोरीमाथिको विभेदको विरुद्ध विद्रोहको स्वर भेटिन्छ,” सिमलबारे उनको धारणा थियो ।

    प्रतिकृया दिनुहोस्
    Loading...