‘अब लाईसेन्स लिने सबै प्रक्रिया एक घण्टाभित्रै पूरा हुन्छ’ — www.mediadabali.com
आज : २०७४ आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/१७ गते
    ३५८९ &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडौँ ,१७ पुस ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले चालक अनुमति पत्र (लाइसेन्स) लिने सबै प्रक्रिया एक घण्टाभित्रै पूरा गर्ने घोषणा गरेका छन् ।

    आइतबार स्वयम्भुमा यातायात कार्यालय उदघाटन गर्दै मन्त्री लेखकले यातायात क्षेत्रमा सुधारको काम थालनी भइसकेको बताए । उनले भने,‘अब आधा घण्टाभन्दा बढी कार्यालयमा लाइन बस्नुपर्ने वातावरण बन्दैन ।’ देशभरका यातायात कार्यालयमा अनलाइन आवेदन फारमको व्यवस्था मिलाइने भन्दै मन्त्री लेखकले दर्ता र नविकरणको काम पनि अब अनलाइनमार्फत् नै गर्ने घोषणा गरे ।

    उनले अनलाइनबाट आवेदन लिन सुरु गरिसकेको र काठमाडौंमा यातायातका थप कार्यालय खुल्ने प्रक्रियामा रहेको जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्
    Loading...