ट्विटरमा अब ट्विट पनि सम्पादन गर्न पाइने सुविधा — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/१५ गते
    १९३ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    एजेन्सी

    सामाजिक सञ्जाल साइट ट्विटरले अब प्रयोगकर्ताहरूलाई ट्विट सम्पादन गर्ने सुविधा प्रदान गर्न लागेको छ । प्रयोगकर्ताहरूले लामो समयदेखि यसको माग गरिरहेका थिए । यसका साथै अन्य नियन्त्रणका बटन पनि ट्विटरले ल्याउँदैछ ।

    ट्विटरका सीईओ ज्याक डोर्सीले ट्विट सम्पादन गर्ने सुविधामाथि विचार गरिरहेको बताएका छन् । हालै ट्विटर प्रयोगकर्ताहरूसँग कुरा गर्ने क्रममा डोर्सीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

    ट्विटरले एउटा निश्चित समयावधिभित्र गल्तीले टाइप हुन पुगेका वर्ण वा शब्द सम्पादन गर्ने सुविधा दिनेछ ।
    अहिले फेसबूकमा यो सुविधा छ ।

    नयाँ प्रयोगकर्ता नबढेको, विज्ञापनले पनि ट्विटरको लोकप्रियता नबढाएको र वर्षैपिच्छे करोडौं डलर घाटामा गएकाले ट्विटर बन्द हुने अवस्थामा पुगेकाले यसलाई बेच्ने हल्ला पनि चलिरहेको छ ।

    प्रतिकृया दिनुहोस्