Media Dabali

  • Ad
  • एजेन्सी प्रकाशित : २०७३/९/१३ गते
    २६० पटक
    1481187527काठमाडौँ

    चीनको स्मार्टफोन निर्माता कम्पनी जीओनीले एकदमै ‘पावरफुल’ ब्याट्री भएको फोन ‘एम २०१७’ ल्याएको छ। यो फोनमा ७००० एमएएच पावरको ब्याट्री छ। ३५०० एमएएचका दुईवटा ब्याट्री यसमा राखिएको छ।

    timthumbकरिब १ लाख रुपैयाँभन्दा बढी पर्नसक्ने यो फोनका विभिन्न संस्करण छन्। यीमध्ये सबैभन्दा उत्कृष्ट संस्करणको मूल्य २ लाख ६० हजारभन्दा बढी पर्नसक्ने बताइएको छ। हाल चीनमा लन्च गरिएको यो फोन अन्य देशमा कहिले उपलब्ध हुन्छ भन्नेबारे कुनै जानकारी प्राप्त भएको छैन।

    gionee-m2017-screenफिचरको कुरा गर्नुपर्दा ‘एम २०१७’ मा ५.७ इन्चको डिस्प्ले छ। ६ जीबी र्याम भएको यो फोन १२८ र २५६ जीबी ममोरीमा उपलब्ध छ। यसमा मेमोरी कार्ड भने राख्न मिल्दैन।

    12272016104001am_635_gionee_m2017_dbअगाडि ८ मेगापीक्सेलको सेल्फी क्यामरा भएको यो फोनमा पछाडि भने १२ र १३ मेगापीक्सेलका दुई वटा क्यामरा छन्। एन्ड्रोइड मार्समेलो ६.० मा काम गर्ने यो फोनमा अगाडि फिंगरप्रिन्ट सेन्सर पनि छ।

    प्रतिकृया दिनुहोस्
    Loading...