Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/७ गते
    १४२ पटक
    2016-12-22_0839काठमाडौँ ,७ पुस ।

    अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट स्थापनाको सम्भावना बढेको छ ।  करिब ३५ वर्ष अघिदेखिको प्रयास साकार हुने देखिएको छ ।

    स्याटलाइट स्थापनाका लागि विश्वका ख्यातिप्राप्त कम्पनीले आशयपत्र पेस गरेकाले यो काम अगाडि बढ्ने भएको हो ।  गोरखापत्र दैनिकले समाचार छापेको छ ।

    नेपालको आफ्नै स्याटेलाइट नहुँदा सरकारी सूचनाको गोपनीयता चुहावट हुनसक्ने खतरा थियो भने बर्सेनी चार अर्बभन्दा बढी रुपियाँ भाडामा स्याटेलाइट व्यान्डविथ प्रयोग गरेबापत खर्चनु परिरहेको थियो ।

    नेपाल दूर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले हाल नेपालले प्रयोग गर्दै आएको भाडावाला अन्तर्राष्ट्रिय व्यान्डवीथ र स्याटेलाइटले सरकारका सूचना र गोपनीयतामा असर पर्ने कुरा बताउनुभयो ।

    नेपाल दूर सञ्चार प्राधिकरणले स्याटलाइट व्यवस्थापनका लागि आह्वान गरेको नेपालको अन्तरिक्षमा आफ्नै स्याटेलाइट राख्ने प्रक्रियाका लागि विश्वका प्रसिद्ध २० वटा कम्पनी इच्छुक देखिएका छन् ।  अन्तरिक्षमा स्याटेलाइट राख्ने विषयमा नेपाल दूर सञ्चार प्राधिकरणले आह्वान गरेको आशयपत्र पेस गर्ने बुधबार (पुस ६ गते) अन्तिम दिन हो ।

    प्राधिकरणले स्याटलाइट स्थापना र सञ्चालन गर्ने मोडालिटी, खर्च र कानुनी तथा व्यावहारिक पक्षको सुझाव समेटिएको प्रस्तावमा चीनको ग्रेटवाल चाइना र एरो स्पेस, भारतको अन्तरिक्ष (आईएसआरओ), जापानको जे स्याट, कोरियाको के स्याट, फ्रान्सको इयु टेल स्याट, अमेरिकाको इन्टेल स्याट, क्यानडाको टेलिसा, अमेरिकाको स्पेस सिस्टम लिमिटेड, थाइल्यान्डको थाइकम र लक्जेम्बर्गको एसइएसलगायतका अन्तर्राष्ट्रिय कम्पनीले आशयपत्र पेस गरेको जानकारी दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

    नेपालमा आफ्नै स्याटेलाइट राख्ने विषय करिब ३५ वर्ष अघिदेखि चर्चामा चले पनि सञ्चारमन्त्रालयले करिब १५ वर्षदेखि यो प्रक्रिया अगाडि बढाएको थियोे ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page