Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/९/२ गते
    ३५४ पटक
    mobileएजेन्सी ।

    अहिले मोबाइल नहुने र नबोक्ने मानिस भेटाउन पनि कठिन छ । पछिल्लो समय भएको सञ्चार क्षेत्रको तीब्र विकाससँग जोडिएको मोबाइला हरेक मानिसका लागि अपरिहार्य जस्तै भएको छ । अबका मानिसहरु मोबाइल विनाको संसार कल्पना पनि गर्न सक्दैनन् ।

    तर त्यही मोबाइल जसलाई राम्रोसँग चलाउन वा राख्न जानिएन भने स्वास्थ्यका लागि निकै घातक बन्न सक्ने तर्फ विज्ञहरुले सचेत बनाएका छन् । अक्सर मानिसहरु अझ पुरुषहरु मोबाइल पाइन्टको खल्तीमै बोकेर हिड्ने गर्छन् । यसो गर्नु स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरुको दाबी छ ।

    मोबाइल फोनमा हुने विकिरणले पुरुष प्रजननमा हानि पुर्याउन सक्ने बताइएको छ । त्यतिमात्र होइन पाइन्टको गोजीमा मोबाइल बोकेर हिँड्दा पुरुषलाइ नपुसक बनाउन खतारा रहेको एक अध्ययनले देखाएको छ ।

    मोबाइल फोनको विकिरण पुरुषको प्रजनन स्वास्थ्यका लागि निकै हानिकारक हुने पछिल्लो अनुसन्धानले देखाएको छ । अझ पाइन्टको गोजीमा मोबाइल फोन राख्नु झनै हानिकारक हुने र त्यसले पुरुषलाई नपुंशक बनाउने खतरा रहने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

    बेलायतको एक्सेटर विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मोबाइल फोनबाट उत्पन्न हुने विद्युत चुम्बकीय तरंगले शुक्रकिटको बाँच्ने दरका साथै चलायमान हुने क्षमतामा ८ प्रतिशतले गिरावट आउँछ ।
    विश्वमा अधिकांस प्रौढ मानिसले मोबाइल फोन बोक्ने गरेका छन् । तथ्यांक अनुसार विश्वका १४ प्रतिशत धनाढ्य दम्पतिहरुमा सम्भोग सम्बन्धि समस्या छ ।१४ सय ९२ जना पुरुषमा गरिएका विभिन्न १० वटा अनुसन्धानलाई एकत्रित गरी एक्सेटर विश्वविद्यालयको अनुसन्धान टोलीले पछिल्लो निष्कर्ष निकालेको हो ।

    अनुसन्धान टोली प्रमुख डाक्टर फिओला म्याथ्यूजका अनुसार मोबाइल फोनको रेडियसनले प्रजनन क्षमतामा असर पूराउने पक्का भएपनि यसमा थप अनुसन्धान भने आवश्यक छ ।
    उनका अनुसार यो अध्ययनबाट पाइन्टको गोजीमा मोबाइल फोन बोक्दा त्यसले पुरुषको शुक्रकिटको गुणमा अझै बढि नकारात्मक असर पूराउँछ ।शोधकर्ताहरुका अनुसार मोबाइल फोनको विकिरणले ३ तरिकाबाट शुक्रकिटको गुणास्तरमा असर पूराउँछ ।

    पहलिो भाएबिलिटी अर्थात् शुक्रकिटको स्वास्थ्य, दोश्रो मोबिलिटी अर्थात् शुक्रकिट अण्डातर्फ प्रवाहित हुने प्रक्रिया तथा तेश्रो विर्यमा शुक्रकिटको संख्या ।
    मानिसको विर्यमा सामान्य प्रवाह भएका ५० देखि ८५ प्रतिशत सम्म शुक्रकिट हुन्छन् तर मोबाइल विकिरणको असर पर्यो भने त्यस्ता सामान्य शुक्रकिटको संख्या ८ प्रतिशतले घट्छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...