Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/८/२७ गते
    ४५७ पटक
    priyankaएजेन्सी ।

    बलिउडदेखी हलिउडसम्म नाम कमाएकी प्रिंयका चोपडा छिट्टै नै भारत फर्किदैछिन् । खबरका अनुसार प्रियंकाले बलिउडका केही प्रोजेक्टमा पनि साइन गरिसकेकी छिन् जसको सुटिङका लागि उनी भारत आउन लागेकी हुन् ।

    उनको आगामी कामलाई लिएर बलिउडमा चर्चा समेत हुन थालेको छ । यसैबीच हालै ३४ वर्षीय प्रियंकाले एक अन्तवार्ता समेत दिएकी छिन् । अन्तर्वार्तामा उनले आफ्नो विवाहको रहस्यबारे पनि खोलेकी छिन् ।
    अन्तर्वार्तामा विवाहबारे उनलाई प्रश्न गरिएको थियो ।

    उनले जबाफमा भनिन्,‘यस विषयमा म त्यति धेरै गम्भिर छैन । मेरी आमाले पनि निकै ढिला विवाह गर्नुभएको थियो । उहाँले आफ्नो करिअर एजुकेशनमा बनाउन धेरै समय लगाउनु भयो र त्यो उहाँको प्राथमिकता पनि थियो । आमाले मलाई भनिसक्नु भएको छ जुन दिन विवाहको समय आउनेछ त्यो दिन मलाई विवाह गर भन्नुहुनेछ ।’

    प्रतिकृया दिनुहोस्
    Loading...