Media Dabali

बीबीसी प्रकाशित : २०७३/८/२२ गते
२०० पटक
3b12741a00000578-4002650-image-m-114_1480965541253-1काठमाडौँ , २२ मङ्सिर

चर्चित अमेरिकी मोडल जेलेना नौरा ‘गिगी’ हदिदले यस वर्षको उत्कृष्ट मोडलको बाजी मारेकी छिन् ।

मंगलबार बेलुकी लण्डनमा आयोजित सन् २०१६ फेसन अवार्डस्मा उनलाई ‘इन्टरनेशनल मोडल अफ द इयर’ चुनिएका छन् ।

उनले आफ्नै बहिनी बेला र आफ्नो नजिककी साथी केन्डल जेनरलाई हराएर यो अवार्ड हात पार्न सफल भएकी हुन् ।

अवार्डलाई स्विकार गर्दै २१ वर्षीया गिगीले भनिन्, ‘मलाई थाहा छ, म सोसल मिडियाको पीढिबाट हुँ र यसका लागि म आफूलाई भाग्यमानी ठान्छु ।’

उनले थपिन्, ‘फेसन उद्योग मेरो परिवार हो र तपाईं सबैका लागि म यहाँ आएकी छु ।’

गिगी हदिद लस एन्जेल्सको रियल स्टेट कारोबारी मोहम्मद हदिद र पूर्व मोडल योलान्डा हदिदकी छोरी हुन् । उनकी बहिनी बेला पनि एक टप मोडल हुन् ।

उनकी आमा योलान्डा हदिद ‘रियल हाउसवाइफ अफ बेवरली हिल्स’ नामक एक रियालिटी टीभी कार्यक्रममा प्रस्तोता हुन् ।

प्रतिकृया दिनुहोस्
Loading...