Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/८/८ गते
    २३६ पटक
    636155220006662404-copyकाठमाडौं, ८ मंसिर ।

    एनएमबि बैंक(NMB)को अन्तराष्ट्रिय साझेदार नेदरल्याण्डको एफएमओ कम्पनीले ९४ लाख कित्ता सेयर प्रिमियममा मूल्यमा किनेको छ । यो सँगै एफएमओको एनएमबि बैंकमा २० प्रतिशत संस्थापक हिस्सेदारी कायम भएको छ । एफएमओले प्रतिकित्ता एक सय रुपैयाँमा १५० रुपैयाँ प्रिमियम थपरे २५० रुपैयाँका दरले ९४ लाख कित्ता सेयर किनेको हो ।

    एनएमबिले पाथिभरा, भृकुटी, क्लिन ईनर्जी र पुडेन्सियल फाइृनान्सलाई आफुमा गाभ्ने क्रममा राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिंदा एफएमओको २० प्रतिशत हिस्सेदारी कायम गर्ने शर्त तोकिएको थियो । मर्जरअघि १४ प्रतिशत सेयर रहेको एफएमओको मर्जरपछी घटेर तीन प्रतिशत कायम भएको थियो ।

    nmb-pneumonic

    हाल एनएमबी बैंकको चुक्ता पूँजी ४ अर्ब ४८ करोड रहेकोमा अब साढे पाँच अर्ब पुग्ने भएको छ । साथै प्रिमियम वापतको डेढ अर्ब रकम जगेडा कोषमा जानेछ ।

    एफएमओले यसअघि तल्लो सोलु हाइड्रोपावर,डोल्मा इम्प्याक्ट फण्ड र नेपाल हस्पिटालिटी ग्रुपमा लगानी गरिसकेको छ । एफएमओ नेदरल्याण्ड सरकार समेतको लगानी रहेको अन्र्तराष्ट्रिय द्धिपक्षिय विकास बैंक हो ।

    प्रतिकृया दिनुहोस्
    Loading...

    Subscribe Us On YouTube

    Please Like This Page