‘शेरबहादुरजीले दिनैपर्छ भनेपछि सुजातालाई ५० लाख दिइएको हो’ — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/३० गते
    ४८० &#२३४६;&#२३३५;&#२३२५;
    काठमाडौं, ३० कात्तिक ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेतृ सुजाता कोईरालालाई उपचारको लागि आधा करोड दिइएको विषयमा स्पष्टिकरण दिएका छन् । कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडका लागि भुषण दाहालसँग अन्तर्वार्ताको क्रममा उनले स्पष्ट पारेका हुन् ।

    ‘सुजाता कोइराला कांग्रेसकी नेतृ हुन्। गिरिजाप्रसाद कोइरालाकी छोरी पनि हुन्। उनलाई घातक रोग लागेको सत्य हो। खर्च व्यहोर्ने विषयमा नयाँ कार्यविधि बनिसकेको अवस्था छैन।

    पुरानै विद्यमान रहेको अवस्थामा यो सहयोग दिने निर्णय गरिएको हो, उनले अगाडी भने,‘सुजाता कोइरालाले मेरै नाममा उपचार खर्च सहयोगका लागि चिठी लेखेर पठाउनु भएको थियो र एक करोड माग्नु भएको थियो। शेरबहादुर जीले दिनै पर्छ भन्नुभो। त्यसकारणले ५० लाख रुपैयाँ दिइएको हो।’

    यस अघिको प्रचलनमा पूर्व विषिष्टहरुले डेड करोडसम्म उपचारको नाममा राज्य कोषबाट लिने गरेको भेटिएको भन्दै यसलाई छिटै नियन्त्रण गर्ने बताए ।

    प्रचण्डको अन्तर्वार्वा हेर्नुहोस्

    प्रतिकृया दिनुहोस्
    Loading...