Media Dabali

  • Ad
  • एटीएम ह्याकरको निशानामा इन्भेष्टमेन्ट बैंक !
    (अपरेशन नम्बर १)

    ह्याकरद्वारा हजारौँ सर्वसाधारणको रकम स्वाहा

    मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/२५ गते
    ४८५ पटक
    atm-hyakerकाठमाडौं, २५ कात्तिक ।

    नेपालमा अहिले अन्तर्राष्ट्रिय एटीएम ह्याकरहरूको ठूलो गिरोह सक्रिय रहेको छ । पछिल्लो समयमा आएर एटीएम ह्याकरहरूले राजधानीका विभिन्न ठूल्ठूला बैंकहरूको एटीएमबाट पैसा निकालेको तथ्य पनि सार्वजनिक भइसकेको छ ।

    यसैबीच प्रहरी अनुसन्धानको क्रममा ती ह्याकरहरूले नेपाल इन्भेष्टमेन्ट बैंकको एटीएमबाट हजारौँ सर्वसाधारणको रकम निकालेको रहश्य पनि सार्वजनिक भएको छ । केही समयअघि अर्काको एटीएमको पिन नम्बर चोरेर खाताबाट रकम निकालेको अभियोगमा केही विदेशी ह्याकरहरू पक्राउ परेको घटना सेलाउन नपाउँदै त्यस्तै कार्यमा संलग्न रहँदै आएका रोमानियाली नागरिकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सोमबार पक्राउ गरेको छ ।

    ती ह्याकरहरूले इन्भेष्टमेन्ट बैंकबाट एकै चरणमा करिब १० पटकभन्दा बढी रकम निकालेको देखिएपछि बैंकको एटीएम असुरक्षित रहेको तथ्या बाहिर आएको हो । उनीहरूको साथबाट तीन लाख नेपाली रुपैयाँ, १० हजार युरो र चार सय ७० फिलिपिनी मुद्रा प्रहरीद्वारा बरामद गरिएको छ । यहाँ अर्को रहश्य के रहेको छ भने ती ह्याकरहरूले इन्भेष्टमेन्ट बैंकलाई नै किन निशाना बनाउँदै छ भन्ने कुरामा प्रहरीले विशेष अनुसन्धानसमेत गरिरहेको छ ।

    ह्याकरहरूले अन्य व्यक्तिको पिन नम्बर चोरी गरी बैंकबाट रकम निकाल्ने गरेको आरोप लागेको छ । इन्भेष्टमेन्ट बैंकबाट निकालिएको रकम शंकास्पद देखिएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालकाअनुसार योभन्दा अगाडि ह्याकरहरूको निशानामा हिमालयन बैंक परेको थियो । ह्याकरहरूले नेपालका हजारौँ बैंक एकाउण्टलाई समेत निशाना बनाइरहेको तथ्य पनि बाहिर आएको छ भने अर्कोतर्फ यस्ता अपराधिक घटनाले ठूलो रूप लिँदासमेत राष्ट्र बैंक मौन भएर बस्नुलाई अर्थपूर्ण रूपमा लिएको छ ।

    प्रतिकृया दिनुहोस्
    Loading...