लमजुङका तीन कृषकले पाए ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ — www.mediadabali.com

Media Dabali

  • Ad
  • मिडिया डबली संवाददाता प्रकाशित : २०७३/७/२४ गते
    २४२ &#२३४६;&#२३३५;&#२३२५;
    Ad
    लमजुङ, २४ कात्तिक

    जिल्ला कृषि विकास कार्यालय लमजुङले जिल्लाका तीन जना व्यवसायिक कृषकहरुलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्रदान गरेको छ ।

    पुरस्कृत हुनेमा लमजुङ चिती–१ का सुन्तला उत्पादक कृषक योगेन्द्र भण्डारी, करापुटार नगरपालिका–७ का व्यवसायिक तरकारी उत्पादक कृषक चन्द्रबहादुर रानाभाट र बेँसीसहर–५ बोहोराबेँसीका दिपेन्द्र बोहोरा रहेका छन् । उनीहरुले प्रमाणपत्रको साथमा जनही नगद १० हजार रुपैयाँ पाएका छन् ।

    विभिन्न कृषि पेसामा संलग्न भई जिल्लाको कृषि उत्पादनमा विशेष योगदान पुर्याएको भन्दै उनीहरुलाई राष्ट्रपति उत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको जिल्ला कृषि विकास कार्यालय लमजुङका प्रमुख एवम् बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले बताए ।

    प्रतिकृया दिनुहोस्